
भारतका सफल अर्बपति तथा शेयर बजारका खेलाडी राकेश झुनझुनवालको निधन भएको छ । आइतबार विहान ६२ वर्षका झुनझुनवालाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका झुनझुनवालालाई मुम्बईको ब्रीच अस्पतालले २ हप्ताअघि डिस्चार्ज गरेको थियो । तर, स्वास्थ्यमा समस्या भएपछि आइतवार बिहान पौने ७ बजे उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो । अस्पतालले झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको छ ।
५ हजार रुपया लिएर शेयर मार्केट प्रवेश गरेका झुनझुनवालालाई भारतका ‘वारेन बफेट’ भनेर पनि चिनिन्छ । उनले शेयरबजारबाट अर्बौं रुपैया कमाएर एयरलाइन्स कम्पनीमा लगानी गरेका थिए ।
