वन नियमावलीको खारेजीको माग गर्दै माइतीघरमा खैँजेडी बजाएर प्रदर्शन (फोटोफिचर)

२६ श्रावण २०७९, बिहीबार १४:४९

काठमाडौंको माइतीघरमा वन नियमावली २०७९ खारेजीको माग गर्दै खैँजेडी बजाएर प्रदर्शन गरिएको छ ।

उक्त नियमावलीले सामुदायिक वन उपभोक्ता समितिको अधिकार खोसेको भन्दै बिहीबार सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो । वन ऐन २०७६ ले दिएको अधिकार वन नियमावली २०७९ ले खोसेको उनीहरुको आरोप छ ।

‘वन नीतिविपरितको वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाइएको नयाँ नियमावली खारेज गर, संघीयताविपरीत वन नियमावली खारेज गर, महिला विरोधी वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाउन खोजिएको तेहोरो कर खारेज गर,’ जस्ता नाराहरू लगाउँदै माइतीघरबाट निकालेको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar