नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा सहभागी हुन दल दर्ताका लागि निवेदन दिएको छ ।
निर्वाचन आयोग पुगेर (आज) मंगलबार बिहान एमालेका नेताहरु दल दर्ताका लागि निवेदन दिएका हुन् । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको जानकारी गराए।
उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु दल दर्ता गराउन निर्वाचन आयोग पुगेका थिए । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र बुझाएपछि आयोगले १० औं नम्बरमा एमालेको निवेदन दर्ता गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।
