प्रचण्ड फर्किएपछि माओवादी केन्द्रले दल दर्ता गर्ने

२४ श्रावण २०७९, मंगलवार ११:२६

जापान भ्रमणबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फर्किएपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।

स्थायी समिति सदस्य लीलामणि पोखरेलले प्रचण्ड साउन २६ गते स्वदेश फर्किने कार्यतालिका भएकाले त्यसपछि मात्रै दल दर्ताको प्रक्रियामा जाने बताए । ‘निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरिसकेको छ । अध्यक्ष प्रचण्ड कमरेड जापान हुनुहुन्छ । उहाँ फर्किएपछि आयोगमा दल दर्ता गर्न जान्छौ’ पोखरेलले भने ।

माओवादीले प्रचण्ड फर्किएपछि मात्रै आयोग जाने कारण दल दर्ता गर्न पार्टी अध्यक्षको हस्ताक्षर चाहिने भएकाले हो । अरु दलहरु आयोगको निर्धारित कार्यतालिका बमोजिम दल दर्ता गरिरहेका छन् । आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभा चुनाव तोकिएको छ ।