
आज चीन भ्रमणमा परराष्ट्रमन्त्री डा. नारायण खड्का जाने भएका छन्।
परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा जान लागेका हुन्। परराष्ट्रमन्त्री खड्का २६ गतेसम्म चीनमा रहने परराष्ट्र मन्त्रालयका जनाएको छ ।
उनले साउन २५ गते (भोलि) चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तासमेत हुनेछ। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्। मन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता मन्त्री खड्काको पहिलो चीन भ्रमण हो। गत साता अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपश्चात् अहिले दुई महाशक्ति देशबीच तनाव बढ्दो छ। त्यसैको पृष्ठभूमिमा नेपाली परराष्ट्रमन्त्री चीन जान लागेका हुन् ।
पछिल्ला ४ वर्षमा चीनबाट राष्ट्रपति सी चिनफिङसहितका ६ वटा शीर्ष नेतृत्वको भ्रमण भएका छन्। हालै मात्र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले ४ दिने भ्रमण गरेका थिए।
शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता मन्त्री खड्काको पहिलो चीन भ्रमण हो। गत मार्च महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए। त्यतिखेर उनले दिएको निम्तो मान्न नारायण खड्का यो साता चीन जान लागेका हुन्।
