
नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई नेकपा (एकीकृत समाजवादी ले कारबाही गर्ने तयारी गरेको छ ।
पार्टीनिकट स्रोतका अनुसार नेतृ तथा पूर्वमन्त्री झाँक्रीले पार्टीको विधानविपरित अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गर्न लागिएको हो । पछिल्लो समय झाँक्रीको पार्टीका शीर्ष नेताहरुसँग पानी बाराबारको सम्बन्ध छ ।
कतिपयले भने उनी अब एमाले फर्कने तयारीमा रहेको पनि बताउन थालेका छन् । अध्यक्ष माधव नेपालसँग पनि उनको बोलचाल बन्द छ । हिजोमात्रै अध्यक्ष नेपाल र सम्मानि नेता झलनाथ खनालले नेतृ झाँक्रीबारे छलफल गरेका थिए ।
उनीहरुले झँक्रीको व्यवहार यस्तै कायम रह्यो र पार्टीको हितविपरित अभिव्यक्ति दिए अनुशासनको कारबाही गर्नेसम्मको तयारी गरेको स्रोतको दाबी छ । झाँक्रीलाई मन्त्री बनाउनको लागि अध्यक्ष नेपालले नै ठूलो भूमिका खेलेका थिए ।
मन्त्री बनेपछि झाँक्रीको अध्यक्ष नेपालसँग राम्रौ सम्बन्ध थियो । तर, मन्त्रीबाट हटाउने निर्णय गरेपछि भने उनी अध्यक्ष नेपालसँग रुष्ट बनेको बताईन्छ ।
पाटी अध्यक्ष नेपालले आफूहरुलाई एक वचन पनि नसोधी अपमानजनक रुपमा मन्त्रीबाट फिर्ता बोलाएको भनेर सार्वजनिक रुपमै नेतृत्वको आलोचना गरेकी थिईन् ।
नेकपा (एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई सहरी विकास विकासमन्त्रीबाट फिर्ता बोलाएर उनको ठाँउमा मेटमणि चौधरीलाई नियुक्ति गरेको थियो ।
