
थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टाभित्र सरकारसँग लिजमा लिएको जग्गामा बनाइएका टहरा हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।
सरकारको नाममा दर्ता कायम रहेको जग्गामा सम्झौता विपरित नक्सा पास नगरी घर टहरा बनाएको भन्दै २४ घण्टाभित्र हटाउन महानगरपालिका मेयर बालेन्द्र साहले निर्देशन दिएका हुन् ।
नक्सा पास नगरी बनाएको घर टहरा २४ घण्टाभित्र नहर्टाए नियमानुसार कारबाही गर्ने शहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यको हस्ताक्षरित पत्रमा उल्लेख छ ।
