अश्लिल भिडियो पोस्ट गरेको कारण १५ वर्ष जेल

२२ श्रावण २०७९, आईतवार ११:००

म्यानमारका दुई चर्चित मोडललाई अश्लिल भिडियो पोस्ट गरेको भन्दै १५ वर्ष जेल सजाय सुनाइएको छ ।

संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोपमा दुई प्रख्यात मोडल नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई १५ वर्ष जेल सजाय सुनाइएको हो।
कथित अश्लिल तस्बिर र भिडियो वितरणले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुबै मोडलले ती भिडियोहरू विगत केही महिनाहरूमा एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका विज्ञप्तिमा उल्लेख छ ।

दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानूनअन्तर्गत मुद्दा चलाइएको र उनीहरूलाई पन्ध्र वर्ष जेल सजाय सुनाइएको छ । सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ । सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरञ्जनपूर्ण सामाग्रीमा सेन्सर लगाएको छ ।

म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानि पुर्‍याउने गरी वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने अन्यलाई पनि पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ ।