आज देशभर मौसमको अवस्था कस्तो छ ? थाहापाउनुस्

२२ श्रावण २०७९, आईतवार ०६:५५

देशभर आंशिक देखि सामान्य मौसम परिवर्तन हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज बिहान कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू(भागमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना भएकोले तराईका जिल्लामा बाढी आउन सक्ने र पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता हुन महाशाखाले अनुरोध गरेको छ।