
नेपाली काँग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ब्याख्या गरेका छन् ।
अध्यक्ष ओलीले शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बिँड बिनाको बन्चरोले रुख ढाल्न नसक्ने र एमाले रुपी रुख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको बताए।
दुई तिहाईको कम्युनिष्ट सरकार तिनै बिँडले ढालेको भन्दै प्रचण्ड र माधव नेपालको पछि लाग्ने कार्यकर्तालाई कम्युनिष्ट पार्टी सिध्याउने बिँडको भूमिकामा नलाग्न सम्झाउने अभियान थाल्न आग्रह गरे । ।
