एमालेले जनताको हितमा काम गरेको थियो: सुवासचन्द्र नेम्वाङ

२१ श्रावण २०७९, शनिबार ११:१५

गठबन्धनको सरकार संसदीय मूल्य मान्यता अनुरुप चल्न नसकेको नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आरोप लगाएका छन् ।

नेकपा एमाले जिम्मेवारी पूर्वक प्रतिपक्ष भूमिका रहे पनि सत्ता पक्षले संसदीय मूल्य मान्यतालाई कुल्चिँदै अराजक बन्दै गइरहेको प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले शनिबार घोराहीमा आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले आरोप लगाएका हुन् ।

उनले भने–‘सत्ता गठबन्धनले संविधान मान्दैन, कानुन मान्दैन । आफू खुसी मनोमानी काम गरिरहेको छ ।’ नेता नेम्वाङले सत्ता गठबन्धनको यही प्रवृत्तिका कारण मुलुक अस्थिरता तर्फ उन्मुख बन्दै गइरहेको उनले बताए ।

गठबन्धन सरकारको यही कदमका कारण मुलुकको सत्ता समाल्न नेकपा एमालेको आवश्यकता महसुस जनताले गरेकाले अबको निर्वाचनमा गठबन्धन दलहरु परास्त गर्दै नेकपा एमाले उदय हुने बताए ।

सत्ता गठबन्धनले नागरिकता विद्येयक, एमसीसी र एसपीपी लगायतका राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी काम गरिरहेको पत्रकार सम्मेलन दाङले शनिबार घोराहीमा गरेको कार्यक्रममा नेता नेम्वाङले आरोप लगाए।