
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको मौसम पूर्वनुमान शाखाले जनाएको छ ।
मौसम पूर्वनुमान शाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र अन्य प्रदेशहरूको केही स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको छ।
