गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेदै लेखिन् यस्तो

२० श्रावण २०७९, शुक्रबार १७:५९

लोकप्रिय गायिका मेलिना राईले गिटारिस्ट सञ्जीव बराइलीसँग इन्जेगमेन्ट तोडेकी छन् ।

गायिका मेलिनाले सामाजिक सञ्जालमार्फत एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ । ‘

केही समय अगाडि मैले आफ्नो इन्जेगमेन्ट गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो’, राईले भनेकी छन्, ‘एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।

समय छोटै भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन ।’ धेरै आत्मसमीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षका साथ यो निर्णय लिएको राईले बताएकी छन्।

गायिका मेलिनाले सामाजिक सञ्जाल फेसबुकमा लेखछिन् बिषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।