
कार्यकारिणी समिति र राजनीतिक समितिबाट नेत्री रेणु यादवलाई जनता समाजवादी पार्टी नेपाल (जसपा)ले हटाएको छ ।
राजीनामा दिएको घोषणा गर्दै पार्टीको कुनै भूमिकामा नरहेको वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले बताएकी थिइन् ।
जसअनुसार पार्टीले उनलाई कार्यकारिणी र राजनीतिक समितिबाट हटाएको हो । तर उनको नाम केन्द्रीय समितिमा भने कायम छ ।
४६६ सदस्यीय केन्द्रीय मध्ये समितिमा उनको नाम ३०१ नम्बरमा रहेको छ । जसपाबाट डा.बाबुराम भट्टराई अलग भएपछि उनका पक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई पनि हटाएर अध्यक्ष उपेन्द्र यादवले ४६६ सदस्यीय केन्द्रीय समिति बनाएका छन् । केन्द्रीय समिति पुनर्गठन गर्दा त्यसमा केही नयाँ नाम थप गरिएको छ । यसअघि ४९९ सदस्य केन्द्रीय समिति थियो ।
बाबुराम पक्षका नेता र रेणु यादव समेतलाई हटाएर कार्यकारिणी समिति ३४ सदस्यीय बाट अहिले २२ सदस्यीय बनाइएको छ । त्यस्तै, केन्द्रीय समितिको बैठकमा विधानमा भएको व्यवस्था अनुसार १५१ सदस्यीय राजनीति समिति गठन गरिएको छ ।
