रुपन्देही तिलोत्तमा नगरपालिकामा रहेका अवस्थित बसोवासीहरुको जग्गा नापजाँच कार्य राष्ट्रिय भूमि आयोगले सुरु गरेको छ ।
नगरपालिकाको तीन नम्बर वडामा एक समारोहकाबीच शुक्रबारदेखि आयोगले नापजाँच सुरु गरेको हो । रुपन्देहीका दशवटा पालिकाहरूका नापजाँच गर्ने कार्यक्रमअनुसार आजदेखि तिलोत्तमामा सुरु भएको राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बताए ।
समस्याको रूपमा रहेको दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई छिट्टै नापजाँचको काम सम्पन्न गरी लालपुर्जा वितरण गर्ने क्षेत्रीले बताए सुकुम्वासी समस्यालाई सबै मिलेर समाधान गर्नुपर्ने कार्यक्रममा तिलोत्तमा नगरका नगर प्रमुख रामकृष्ण खाँणले बताए । उनले नगरको अन्य आधारभूत कार्यका लागि हातेमालो गरेर अगाडि बढ्ने बताए ।
