एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्छ: ओली

२० श्रावण २०७९, शुक्रबार १४:५२

आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले काम गर्न दुई तिहाई बहुमत आवश्यक भएको तर दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहे पनि बहुमत मात्र ल्याउन सक्ने शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै बताएका हुन् ।

तत्काल दुई तिहाइको सम्भावना छ भन्ने मलाई लाग्दैन’ ‘अहिले हामीले दुई तिहाई प्राप्त गर्ने सम्भावना छैन अध्यक्ष ओलीले भने, ।’ साथै उनले अहिले इमान्दार प्रयासलाई संगठित र योजनावद्ध ढंगले अगाडि बढाउन सके बहुमत प्राप्त गर्न सक्ने बताए ।

तत्काल दुई तिहाई बहुमत ल्याउने सम्भावना नभए पनि अहिले इमान्दार प्रयासलाई संगठित ढंगले, योजनावद्ध ढंगले अगाडि बढाए बहुमत प्राप्त गर्न सक्ने अध्यक्ष ओलीले बताए ।