चुनावको मिति घोषणा गर्दा एमालेलाई बेवास्ता गरेको होइन,ओलीको फोन सम्पर्क हुनसकेन: कार्की

२० श्रावण २०७९, शुक्रबार १३:०५

चुनावको मिति घोषणा गर्दा प्रतिपक्षी दल नेकपा एमालेलाई लाई बेवास्ता नगरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीले फोन गरेको तर सम्पर्क हुन नसकेको मन्त्री कार्कीले जिकिर गरे । मन्त्री कार्कीले सञ्चारकर्मीहरूसँग सत्ता गठबन्धनको बैठकपछि कुरा गर्दै भने प्रतिपक्षीलाई बेवास्ता गरिएको भनिनु गलत हो।

एमालेका केही नेताहरुले चुनावको घोषणा गर्दा सरकारले प्रतिपक्षसँग परामर्श नगरेको गुनासो गरेपछि उनले यस्तो बताएका हुन् । मंसिर ४ को चुनाव अपेक्षित भएकाले यसमा सबै जानकार रहेको पनि उनले बताए ।

संघ र प्रदेशको निर्वाचनमा पाँच वटै दलबीच तालमेल गरेर जाने निर्णय गठबन्धनको बैठकले गरेको उनले बताए ।