प्रचण्डको सुरक्षा कमाण्डमा डीएसपी सिद्धराज न्यौपाने

२० श्रावण २०७९, शुक्रबार ११:१७

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) परिवर्तन भएका छन् ।

प्रचण्डका पीएसओ​को रुपमा कार्यरत नरेशराज सुवेदीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले  प्रचण्डको सुरक्षा कमाण्डमा डीएसपी सिद्धराज न्यौपानेलाई खटाएको छ ।

डीएसपी न्यौपाने प्रचण्डको सुरक्षा कमाण्डमा आउनुअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए ।