नेकपा बहुमत पार्टी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच एकता गर्ने निर्णय भएको छ ।
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ र क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ बीच भएको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।
एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन शुक्रबार विहान बसेको दुई पार्टीको संयुक्त बैठकले गरेको छ । एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता तथा कार्यकर्ताहरुलाई वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै आह्वान गरेका छन् ।

