
मानिसहरुमा विभिन्न कारणले गर्दा निद्रा नलाग्ने हुन्छ । उठ्ने र सुत्ने समय निश्चित नहुने, मोटोपन, डिप्रेसन, मधुमेह लगायतका समस्या भएका मानिसलाई पनि निद्रा लाग्दैन । तपाईं पनि यदि निद्रा नलागेर हैरान हुनुहुुन्छ भने तलका उपायहरु अपनाउनुस् अनिद्राबाट मुक्ति पाउन सक्नुहुन्छ ।
के गर्ने ?
१. लागूऔषधको दुव्र्यसनमा हुनुहुन्छ भने आजैदेखि त्याग्नुहोस् । यसको सेवनले मानिसलाई निद्रा लाग्दैन ।
२. आफूलाई सहज हुने आसनमा सुत्नुहोस् । सुत्ने बिस्तरा राम्ररी नमिलेको खण्डमा पनि निद्रा लाग्दैन ।
३. सुत्नु अघि एक गिलास मन तातो पानी पिउनु राम्रो हुन्छ । धेरै पानी पिउँदा राति पिसाब लाग्छ र निद्रा बिग्रन्छ ।
४. घुर्ने समस्याका कारण व्यक्ति आफूलाई मात्रै असहज हुँदैन, छेउमा सुत्ने अरू व्यक्तिलाई पनि असर गरिरहेको हुन्छ । घुर्ने समस्या छ भने उत्तानो परेर नसुत्नुहोस् ।
५. दिउँसो सुत्ने मानिसलाई राति निद्रा लाग्दैन । दिउँसो निद्रा लाग्ने तर साँझमा निद्रा लाग्दैन भने दिउँसो सुत्न बन्द गर्नुहोस् ।
६. स्वस्थ खानपान अनिद्राको प्रमुख उपचार हो । माछा, मासु, दही, केरा, प्याजजस्ता खाद्य पदार्थ खानामा समावेश गर्नुहोस् ।
७. व्यायाम गर्ने बानी छैन भने आजैदेखि नियमित व्यायाम गर्नुहोस् । ब्यायामले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ र स्वस्थ मानिसलाई मज्जाको निद्रा लाग्छ ।
८. डिनरमा तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना खानुहोस् । जसले मिठो निद्रा लगाउन मद्दत पुर्याउँछ ।
९. चर्को प्रकाशमा सुत्ने बानी छ भने त्यस्तो बानी परिवर्तन गर्नुहोस् । यसले निद्रा लाग्दैन बेडरुममा सकेसम्म मधुरो प्रकाश बाल्नुहोस् ।
१०. ओछ्यानमा पल्टिएसँगै मोबाइलमा फेसबुक खोल्ने, च्याटिङ गर्ने लगायतका बानी छन् भने आजै त्याग्नुहोस् । सुत्नुअघि जे–जे गरे पनि बिस्तरामा पल्टिएसँगै मोबाइल साइलेन्समा राखेर सुत्नुहोस् र मोबाइल नचलाउनुहोस् ।
११. सुत्नु अघि पुस्तकहरु पढ्न बानी बसाल्नुस्। यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।
१२. सुत्ने बेलमा मनमा कुरा नखेलाउनुस् । मनमा कुरा खेलाउदा मन अधैर्य र अशान्त हुन्छ त्यसैले निद्रा लाग्दैन ।
१३. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस् ।
१४. दिनमा त्यस्तो कुनैपनि गल्ती नगर्नुहोस्, जसले तपाईलाई ग्लानी, हिनताबोध हुन्छ । यस्ता कुराले राती सुत्न सकिदैन ।
बिस्तारै माथिका उपाय आफूमा लागू गर्न थाल्नुभयो भने तपाईंको अनिद्रा बिस्तारै मीठो निद्रामा फेरिन सक्छ, शुभरात्री ।
