
अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्ति भएपछि सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीको सरुवा गरेको जानकारी दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको मन्त्री राईले मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले सरुवा गरेको जानकारी दिए। सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवको जिम्मेवारी दिएको छ ।
अर्थमन्त्री शर्मालाई बजेट बनाउँदा करका दर हेरफेर गरेको आरोप लागेर विवादित भएपछि मरासिनी शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नफर्कने भन्दै बिदामा बसेका थिए । शर्माले मन्त्रीबाट राजीनामा दिएपछि उनी मन्त्रालयमा गएका थिए। शर्मा पुनः अर्थ मन्त्रीमा नियुक्त भएपछि पनि उनलाई स्वागत गर्न मरासिनी गएका थिएन् ।
