एमाले आगामी चुनावमा समाप्त हुन्छ: उपाध्यक्ष बस्नेत

१९ श्रावण २०७९, बिहीबार १५:३५

आगामी मंसिर ४ मा हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा एमालेले लज्जास्पद हार बेहोर्ने नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले बताएका छन्।

एमाले स्थानीय निर्वाचनमा एउटा महानगरपालिका पनि नजितेको भन्दै आगामी चुनावमा जनताले समाप्त पार्ने ठोकुवा गरेका छन्।
एमाले जनताको पार्टी नभएर ओलीको निजी पार्टीमा परिणत भएको नेकपा समाजवादी प्रेस संगठन प्रदेश १ को विस्तारित बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले बताए। ओली निरकुंश, अहंकारी र अनुशासनहीन भएकाले माधव नेपालको नेतृत्वमा बिद्रोह गरेर नेकपा एसको जन्म भएको उनको भनाइ थियो।

उपाध्यक्ष बस्नेतले आगामी निर्वाचनमा गठबन्धन दलहरूमा इमान्दारीता भए एमालेले एकसिट पनि जित्न नसक्ने ठोकुवा गरे। बस्नेतले नेकपा एस स्थापना हुने बित्तिकै स्थानीय चुनावमा चौथो पार्टी भएकाले अबको चुनावमा दोस्रो पार्टी बन्ने दाबी गरेका छन्।