एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारीहरु आवश्यकता

१८ श्रावण २०७९, बुधबार १७:२७

एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारीहरु माग गरेको छ । बैंकले म्यानेजर व्यवस्थापक देखि जुनियर अफिसर कनिष्ठ अधिकृत सम्म कर्मचारीहरु माग गरेको हो ।

बैंकले काठमाडौंभित्र र बाहिरका शाखाहरुका लागि केही कर्मचारीहरु माग गरेको हो । काठमाडौंमा रहेका विभिन्न शाखाका लागि म्यानेजर, सोसियल मिडिया मार्केटिङ, वेभ च्यानल मार्केटिङ, टेलिमार्केटिङ, सिस्टम एडमिनिष्ट्रेटर, क्वालिटी एस्योरेन्स, डाटावेस एडमिनिस्ट्रेटर, माक्रोसफ्ट डाईनामिस्क ३६५ एनएभी डेभलपर तथा न्यूगेन आईबीपिएस डेभलपर आवश्यक रहेको जनाएको छ ।

त्यस्तै, काठमाडौं बाहिर र भित्र दुवैका लागि भने बल्गर, भल्गर, व्याकइन डेभलपर र पीओइस सेल्स शीर्षकमा कर्मचारीहरु माग गरिएको छ ।एनआईसी एशिया बैंकका अनुसार इच्छुकहरुले आगामी भदौ १ गतेसम्म आवेदन बुुझाउन सक्नेछन् । आवेदन बैंकको वेभसाइटमार्फत सोही जागिर सम्बन्धी सूचनामा उपलब्ध रहेको क्यूआर कोडमार्फत सहजै बुझाउन सकिने जनाएको हो ।

स्नातक तह उत्रिण गरेका उमेद्धारलाई उमेर हद ४० वर्ष तोक्दै सम्बन्धित क्षेत्रमा पाँच वर्ष काम गरेको अनुभव माग गरेको छ । तर, म्यानेजर पदका लागि भने कुनै पनि विषयमा स्नातक उत्तीण गरेर कम्तीमा १० वर्ष वित्तीय क्षेत्रको अनुभव माग गरिएको छ । पाँच वर्ष बैंकिङ क्षेत्रको अनुभव हुनुपर्ने पनि जनाइएको छ । म्यानेजरका लागि आवेदन दिँदा भने ५० वर्षसम्म उमेर हद राखिएको छ ।

साभार: CROPRATE NEPAL