अर्थमन्त्रीमा पुनः शर्मा नियुक्ति भएपछि अर्थसचिव मरासिनी बुधबार सम्मपनि बिदामा

१८ श्रावण २०७९, बुधबार १३:०३

अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रालयमा फर्केपछि अर्थसचिव मधुकुमार मरासिनी बुधबार पनि बिदामा बसेका छन् ।

उनी गत शनिबार भ्रमण बिदामा पोखरा पुगेयता निरन्तर विदामा बसिरहेका हुन् । सचिव मरासिनीले मंगलबार अर्थमन्त्रालयको प्रशासनमा घरायसी विदामा बसेको जानकारी गराएका थिए । जो, आज बुधबार पनि मन्त्रालय पुगेका छैनन् ।

उनले अर्थमन्त्रीमा शर्मा रहेसम्म मन्त्रालयमा हाजिर नहुने बताएपनि शर्माले राजीनामा दिनासाथ काममा फर्किएका थिए । खासगरी, चालू वर्षको बजेट निर्माण विवादित बनेपछि असार २१ गतेदेखि सचिव विदामा बसेका थिए । अर्थमन्त्री शर्माले राजीनामा दिए लगत्तै निरन्तर मन्त्रालयको काम आएका उनी पुनः अर्थमन्त्रीमा शर्मा नियुक्ति भएलगत्तै विदामा बसेका हुन् ।