९७ वर्षको उमेरमा प्रजातन्त्र सेनानी गोपालदास बादेको निधन भएको छ ।
आज (बुधबार) बिहान ३ बजे बादेको बनेपास्थित आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन ।
भारतीय नेता महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सानिध्यमा बसेका बादेका २ छोरा र २ छोरी रहेका छन् ।
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईको आश्रय स्थलसमेत बादेको निवास कोइराला र भट्टराईको रहेको थियो ।
