चीनले अमेरिलाई चेतावनी दिदै अमेरिकी राजदूतलाई बोलायो

१८ श्रावण २०७९, बुधबार ०७:३७

तल्लो सदनकी अमेरिकी सभामुख नेन्सी पोलोसीको चीन भ्रमणलाई लिएर विवाद भएको छ।

अमेरिकी राजदूत निकोलस बन्र्ससँगको कुराकानीको क्रममा उप–विदेशमन्त्री झी फेङले पेलोसीको भ्रमणकोे कडा विरोध भएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । चीनले पेलोसीको भ्रमणको विरोधमा अमेरिकी राजदूतलाई बोलाएको छ ।

यो कदम प्रकृतिमा अत्यन्तै डरलाग्दो छ र परिणामहरू अत्यन्त गम्भीर छन्’ उनले भनेका छन् । अमेरिकाले ‘आफ्नो गल्तीको मूल्य आफै तिर्ने’ र वासिंगटनलाई तत्काल आफ्ना गल्तीहरूलाई सम्बोधन गर्न’ उनले चेतावनी दिएको सिन्ह्वाले रिपोर्ट गरेको छ ।

चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता गम्भीर उल्लंघन गरेको पनि चीनले जनाएको छ । ताइवान एउटा स्वशासित टापु हो तर चीनले आफ्नो क्षेत्र मान्दै आएको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गरेको छ । सन् १९४० को दशकमा चीन र ताइवान अलग भएका थिए । पेलोसीले आफ्नो यात्रा कार्यक्रममा ताइवानको उल्लेख नगरी आइतवारदेखि एसियाको भ्रमण सुरु गरेकी थिइन् ।