जनताको पक्षमा लडेको नेपालीलाई विदेशी सेना ल्याएर मार्न काँग्रेस हो: ओली

१७ श्रावण २०७९, मंगलवार १६:४६

नेपाली काँग्रेसको भिमदत्त पन्तका समयदेखि अहिलेसम्म अहिलेसम्म मति परिवर्तन नभएको मति परिवर्तन नभएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

लोकतन्त्र र जनताको अधिकारको पक्षमा आवाज उठाउने पन्तलाई काँग्रेसले हत्या गरेको भन्दै २५ औं तुलसीलाल अमात्य स्मृति तथा सहिद भिमदत्त पन्तको ६९ औं स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

आजपनि एउटा देशभक्त, शान्तिपुर्ण रुपमा जनतालाई गोलबन्द गरेर अधिकारको पक्षमा आवाज उठाइरहेको देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही काँग्रेसको विरोध र निन्दा गर्छु’, ओलीले भने, ‘त्यसबेलादेखि अहिलेसम्म काँग्रेसले मति परिवर्तन गरेको छैन । ’

उनले आफू पहिलो पल्ट प्रधानमन्त्री हुँदा थुप्रैमध्ये भिमदत्त पन्तलगायतका सहिदलाई सहिदको सम्मान दिने निर्णय गराएको बताए । जनताको पक्षमा लडेको नेपालीलाई विदेशी सेना ल्याएर मार्न काँग्रेस नेतृत्वको सरकारले गरेको ओलीको भनाइ छ ।