
नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गरेका छन् ।
नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेलले स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर शाहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको बताएका छन् । फुटपाथमा गरिएका व्यापार हटाएका मेयर शाहले आज बिहान त्यसको प्रगतिबारे अवलोकन गरेका हुन् ।
मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएका छन् । मेयर साहको निर्देशन अनुसार अहिले महानगर प्रहरी र कर्मचारीहरुले काम गरिरहेका छन् ।
बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलले बताए ।
