
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण देखिएको छ ।
उनको परिवारका सदस्यहरूसहित सोमबार सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोरोना पोजेटिभ देखिएको छ। मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।
मुख्यमन्त्रीलाई कोरोना संक्रमण देखिएको कारण भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको मन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।
