
युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको काँग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
महामन्त्री थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्ने काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै बताएका हुन् ।
यसका लागि पार्टीका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउनु पर्ने महामन्त्री थापाको भनाइ छ । आगामी संसदीय निर्वाचन लक्षित गरि भ्रातृ संगठनहरुलाई अगाडि बढाउन आवश्यक रहेको थापाले बताए । उनले संसदमा चलिरहेको जल्दाबल्दा विषयवस्तुप्रति काँग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने बताए ।
काठमाडौं महानगरपालिका वडा–८ का अध्यक्ष आशामान संगतले फोहोरमाथि महानगरभित्रै राजनीति भइरहेको बताए । संगतले भने, ‘फोहोरमाथि महानगर भित्रै राजनीति भइरहेको छ । सरकारले नै फोहोर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने हो’।
यस्तै नेतृत्वले पार्टीभित्रै फरक मत राख्ने नेता र कार्यकर्ताहरूलाई समेट्दै अगाडि बढ्न काँग्रेसका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले आग्रह गरे ।
