
आइतबार अर्थमन्त्रीमा जर्नादन शर्मा पनुः नियुक्ति भएका छन् । बजेटगेट प्रकरणमा सफाइ पाएका शर्मा अर्थमन्त्रीमा दोहोरिने भएपछि अर्थसचिव मधुकुमार मरासिनी सम्पर्कबाहिर भएका छन्।
अर्थसचिव मरासिनी शर्माको पुनर्नियुक्ति हुने दिन आइतबार सञ्चारसम्पर्कमा आएका छैनन् । उनको सचिवालयले भने उनी औपचारिक कार्यक्रममा व्यस्त भएको जवाफ दिएको छ। उनले प्रयोग गर्दै आएको मोबाइल समेत स्विच अफ छ।
अर्थसचिवको सचिवालयले भने मरासिनी मन्त्रालयकै आयोजनामा पोखरामा आयोजित एक कार्यक्रममा व्यस्त रहेको दाबी गरेको छ। शनिबार पोखरा गएका उनी सोमबार काठमाडौँ फर्किने अर्थसचिव सचिवालयले जानकारी दियो। अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौलाले सचिव मरासिनी मन्त्रालयमा नभएको बताए।
चालु आर्थिक बर्ष २०७९र८०को बजेट निर्माणको क्रममा बजेटसँग असम्बन्धित व्यक्ति सहभागी गराएको आरोप लागेपछि मरासिनी शर्मासँग बसेर काम गर्न नसक्ने भन्दै बिदामा बसेका मरासिनी असार २२ गते शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएलगत्तै काममा फर्किएका थिए।
