सल्यान र उदयपुरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध

१५ श्रावण २०७९, आईतवार १४:१८

पहिरो र बाढीका कारण सल्यान र उदयपुरमा सडक अवरुद्ध भएको छ ।

शनिबार साँझ सुख्खा पहिरो झर्दा सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित दाङ–सल्यान अन्तर्गतको राप्ती राजमार्गमा बाटो पूर्ण रूपमा अवरोध भएको हो।

आइतबार बिहान अविरल वर्षाको कारण आएको बाढीले उदयपुर, उदयपुरगढी गाउँपालिका–६ मदन भण्डारी लोकराजमार्गस्थित मबासे खोलामा सडक अवरोध भएको छ । घटनास्थल नजिकका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।