दिउँसो तीन बजे बस्ने भनिएको माओवादीको स्थायी समितिको बैठक स्थगित

१५ श्रावण २०७९, आईतवार १४:१०

आज दिउँसो तीन बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ।

संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । अर्को बैठकको समय भने तोकिएको छैन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि बैठक राखिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि दुई पटक बसेको स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका एजेन्डामा छलफल भएता पनि कुनै निर्णय भएको थिएन ।