पछिल्लो समय चेक बाउन्सका कारण बैंकिङ कसुरका घटना वृद्धि हुँदै गएको छ ।
पछिल्ला समयका घटना हेर्दा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका १ बस्ने श्याम बहादुर दर्जी भन्ने ४८ वर्षीय श्याम बहादुर थापा यहि साउन ११ गते मात्रै प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत असार ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख १९ हजार ७ सय ५० रूपैयाँ जरिवाना ठहर भएपछि उनी फरार रहेका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चन्द्रगिरी नगरपालिका २ बलम्बुबाट पक्राउ गरेको देखिन्छ ।
थापाले आफ्नो खातामा प्रयाप्त मौज्दात रकम नभएको भन्ने जानी जानी सानिमा बैंक लिमिटेड नयाँबजार शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनि पीडितलाई झुक्यानमा पारेका थिए ।
चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । यसअघि साउन १० गते बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १३ बाफल बस्ने कास्की पोखरा महानगरपालिका १७ घर भएकी ४२ वर्षीया निशा गुरुङ्लाई पक्राउ परेकी थिइन् ।
उच्च अदालत पाटनको २०७९ बैशाख १३ गतेको फैसलाले ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका ६ टोखाबाट पक्राउ गरेको हो । गुरुङले कुमारी वैंक लिमिटेड दरबारमार्ग शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
यस्तै साउन ८ गते बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुटवल उपमहानगरपालिका ११ घर भई हाल काठमाडौं टोखा बस्ने ३४ वर्षीय कृष्ण बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । उच्च अदालत पाटनको २०७७ जेठ २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख २० हजार रूपैयाँ जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला भई फरार रहेका शाहीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले रुपन्देही सैनामैना नगरपालिका दुधराक्षबाट फेला पारी पक्राउ गरेको हो ।
शाहीले २०७५ चैत्र ०५ गते एनसिसि बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी९जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला ठहर गरेको थियो ।
यि त केहि उहाहरण मात्रै हुन् तर पछिल्लो समय चेक काउन्सकै कारण पक्राउ पर्ने क्रम बढ्दो रहेको छ । गत आर्थिक वर्षमा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भए । त्यसमध्ये करिब पाँच हजार तीन सय चेक बाउन्ससँग सम्बन्धित रहेको प्रहरी आँकलन छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भएका छन् । जुन आर्थिक वर्ष ०७७/७८ मा आठ सय ८० वटा मात्र बैकिङ कसुरका घटना दर्ता भएका थिए । सीआईवीका अनुसारप्रवक्ता श्याम कुमार महतो चेक बाउन्सका घटना बढ्दा बैंकिङ कसुरका घटना बढेको बताउछन ।
