गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको आज उद्घाटन हुदै

१५ श्रावण २०७९, आईतवार ११:४०

काठमाडौं महानगरपालिका वडा नम्बर ८ गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको आज उद्घाटन हुदैछ ।

उक्त प्रशोधन केन्द्रको उद्घाटन कार्यक्रमम प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुने भएका छन्। कार्यक्रम दिँउसो ३ बजेदेखि शुरु हुनेछ । घरबाट निस्केको ढल सीधै बागमती खोलामा मिसाइने भएकाले गुहेश्वरीमा फोहोर प्रशोधन केन्द्रको स्थापना गरिएको हो । यसले बागमती नदी केही हदसम्म सफा हुने आंकलन गरिएको छ ।