
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी प्रदेश र संघको निर्वाचनमा माओवादी दोस्रो हुने गरी तालमेल हुने बताएका छन् ।
अध्यक्ष प्रचण्डले शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समिति राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले कांग्रेस नेतासँगको छलफलमा आफूले यसबारे छलफल गरिसकेको र नेतृत्व तहमा समझदारी रहेको समेत बताए ।
स्थानीय तह निर्वाचन अनुभवको समीक्षा गरेर तालमेल गर्दा माओवादी वामपन्थीको पहिलो दल हुने उनले बताए । अध्यक्ष प्रचण्डले स्थानीय तहमा जस्तो धोका नहुने बताए । अध्यक्ष प्रचण्डले भने, ‘कांग्रेस नेताहरूसँग कुरा गर्दा मैले भनेको छु– सायद अहिले पहिलो तपाईंहरू नै हुनुहुन्छ । दोस्रो माओवादी हुने हो । त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज ढंगले जान्छ, होइन भने सहज जाँदैन । कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईंहरू ढुक्क हुनुहोस्, स्थानीय तहको जस्तो गडबड अब हुन दिइँदैन।
अध्यक्ष प्रचण्डले भने , मेरो यो ‘लास्ट इनिङ’ होस्, यो पछिसम्मको सन्ततिलाई सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु। यस्तै नेकपा एमाले विचार निर्माणका, सँगठन निर्माण र परिचालनका हिसावले संसारका अन्य सबै पार्टीभन्दा ब्यवस्थित र सुदृढ रहेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् ।
उपाध्यक्ष पौडेलले सुदृढ पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित भएको भन्दै चिन्ता गर्दै शनिबार गृहनगर बुटवलमा पार्टी लुम्बिनी प्रदेशको नेतृत्वबीच यस्तो बताएका हुन् ।
