७५३ पालिका मध्ये सेवा प्रवाहमा उत्कृष्ट छवि बनाएका पन्थीको, राजनीतिक दवावका कारण सरुवा

१४ श्रावण २०७९, शनिबार १८:०४

कपिलवस्तुको महत्वपूर्ण नगरपालिका बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत टेकराज पन्थीको सरुवा भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले पन्थीलाई बुटवल उपमहानगरपालिकामा सरुवा गरेको छ ।

स्थानीय तहको विज्ञकै रुपमा पन्थीलाई लिने गरिन्छ । सेवाग्राहीका फाइल ५ मिनेट भन्दा धेरै समय नरोक्ने प्रमुख प्रशासकीय अधिकृतकारुपमा पन्थीलाई चिन्ने गरिन्छ ।

स्थानीय तहमा सुशासन, पार्दशिता, जवाफदेहिता प्रमुख प्रशासकीयको रुपमा परिचित पन्थीले विभिन्न स्थानीय तहमा चर्चा कमाइसकेका छन् ।

राजनीतिक दवावका कारण पन्थीको सरुवा भएको बताइन्छ । पन्थीले देशका ४५ वटा भन्दा धेरै पालिकामा काम गरेका छन् ।

यसैबीच बाणगंगा नगरपालिकाकाले एक कार्यक्रमको आयोजना गरी पन्थीलाई विदाई गरेको छ । यद्यपि बाणगंगाामा आउने प्रमुख प्रशासकीय अधिकृत कहिले को आउँछ भन्ने टुंगो छैन ।