ओलीले दिए झापाका एमाले कार्यकर्ता र मतदातालाई धम्की

१२ श्रावण २०७९, बिहीबार २०:०८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफुलाई हराए राम्रो नहुने बताएका छन् ।

आलीले विसं. २०६४ सालको संसदीय निर्वाचनमा आफूलाई हराएर गल्ती गरेको भन्दै कार्यकर्ता र मतदाता प्रति लक्षित गरेर यस्तो बताएका हुन् ।
उनले आज झापाको दमकमा भएको अगुवा कार्यकर्ता भलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा पनि उक्त प्रवृत्ति दोहोर्याएमा राम्रो नहुने चेतवानी दिएका हुन् ।

उनले सङ्घीय र प्रदेश सभाको निर्वाचनमा कार्यकर्ताले उक्त गल्ती दोहोयाउने छुट अब नभएको बताए । उनले ठट्यौलो पारामा भने  “ २०६४ सालको निर्वाचनमा कतिपय साथीहरुले भोट अन्तै हालेर मलाई हराउनु भो तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?”  तत्कालीन समयममा आफूलाई हराएको एक वर्ष नदित्दै क्षेत्र नं. ७ का बासिन्दाहरुले पछुतोे मान्न परेको उनको भनाइ थियो ।

उनले स्थानीय तह निर्वाचनमा दमक नगरपालिका हारनुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गरे । साथै उनले दलको झण्डा बोकेर विरोधीलाई भोट हाल्ने कसैलाई छुट नभएको आक्रोश समेत व्यक्त गरे । ओलीले कार्यक्रमा बोल्दै पार्टीको सिद्धान्त र नीति सबैले बुझ्नु पर्ने र विसं. २०६४ सालको जस्तो गल्ती फेरि नगर्न सबै कार्यकर्तालाई निर्देशन दिए ।