दाङमा ब्राउनसुगरसहित एक जना पक्राउ

१२ श्रावण २०७९, बिहीबार १२:१३

घोराही उपमहानगरपालिका–१४ बस्ने साहिल राईलाई करिब २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका–१५ स्थित प्यूठानी होटेलबाट १० हजार रुपैयाँ चोरी राई फरार भएको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनको खोजी गरेको थियो । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।