
लुम्बिनी प्रदेस वन तथा वातावरण मन्त्रालयले भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख रोबर्ट महरा सम्मानित भएका छन् ।
कम खर्चिलो प्रविधिको प्रयोग गरी उच्चतम प्रगीत हासील गर्न सफल भएको भन्दै आर्थिक वर्ष २०७८–०७९ मा बन तथा वतवरण मन्त्रालय अन्तरगत भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख रोबर्ट महरालाई आर्थिक वर्ष २०७८–०७९ बार्षिक प्रगती समिक्षा गोष्ठी कार्यक्रममा सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशमा भू तथा जलाधार व्यबस्थापनमा उत्कृष्ट कार्य सम्पादन तथा कम खर्चिलो भूसंरक्षण प्रविधिको प्रयोगबाट भूसंरक्षणमा पुर्याएको योगदानका साथै वन तथा वातावरण मन्त्रालय अन्तर्गत आ.व.२०७८÷७९ मा उत्कृष्ट प्रगति हासिल गर्न सफल भएकोमा वन तथा वातावरण मन्त्री सुरेन्द्र बहादुर हमाल र सचिव दुर्गा बहादुर कार्कीेले भु तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख महरालाई सम्मान प्रदान गरिएको तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाले जानकारी दिएको हो ।
यसले भू तथा जलाधार व्यवस्थापन कार्यालय लाई थप जिम्मेवारी तथा सिमित स्रोत र साधनमा कार्यालयबाट उत्कृष्ट सेवा प्रवाहका लागी थप चुनौती प्रदान गरेको कार्यालय प्रमुख महराले बताए। साथै मन्त्रालयले यस कार्यालय बाट गरेको आशालाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यालयका कर्मचारी, समयमै कार्यसम्पन्न गर्ने उपभोक्ता समूहहरु, लगाएत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग तथा सुभेक्षा प्रदान गर्ने सम्पूर्णमा हार्दिक आभार समेत व्यक्त गरे। साथै लुम्बिनी प्रदेस वन तथा वातावरण मन्त्रालयले भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाको कार्यहरु प्रती उच्च मुल्यांकन गर्दै सम्मान गरेकोमा खुसी व्यक्त गरे ।
