भैरहवा भाटभटेनी अगाडि माइक्राे बस पल्टियाे

४ श्रावण २०७९, बुधबार ११:५०

बेलहियाबाट बुटवल जाँदै गरेकाे माइक्राे बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएकाे छ ।

लु१ख ३६६० नम्बरकाे माइक्राे बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालककाे अवस्था समान्य छ । एक महिलासहित पाँचजनाकाे भीम अस्पतालमा उपचार भइरहेकाे छ ।

Avatar

Avatar