
नेकपा एमालेले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागमा २५ सदस्यहरु मनोनयन गरेको छ।
एमालेले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागमा मनोनयन भएका सदस्यहरुमा डा. केदार पराजुली मोरङ, हरि जिरेल दोलखा, कपिल पोखरेल कास्की, प्रमेश गिरी झापा र डा. कृष्ण अधिकारी मोरङ रहेका छन्।
महेन्द्र श्रेष्ठ प्युठान, रामबहादुर चन्द जाजरकोट, डा. झलक गौतम पर्वत, डा. खेम कार्की ईलाम, डा.जागेश्वर गौतम काठमाडौँ, रत्नबहादुर थापा ओखलढुंगा, डा, एस तिवारी सुर्खेत र प्रमिला देवान ईलाम छन्।
डा. अनिल भट्टराई पर्वत, पासाङ दोर्जी शेर्पा भोजपुर, डा. गणेश गुरुङ ओखलढुंगा, तारा पोखरेल ललितपुर, अर्जुन श्रेष्ठ पर्वत, डा. निलम चौधरी महोत्तरी डा. कैलाश भण्डारी मोरङ, सुनिल श्रेष्ठ रुपन्देही र डा. केपी अधिकारी सुनसरी रहेका छन्।
यस्तै काशीनाथ रिमाल संखुवासभा, चन्द्र थापा प्यूठान र डा पुस्करराज भट्ट कञ्चनपुर पनि विभागको सदस्यमा मनोनित भएका छन्। विभागको प्रमुखमा सचिव योगेश भट्टराई रहेका छन् भने विभागको उपप्रमुख र सचिव चयन हुन बाँकी छ।
यस्तै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार एक वर्ष पूरै असफल रहेको नेकपा एमालेका नेता गोकर्ण विष्टले टिप्पणी गरेका छन्। गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, व्याप्त भ्रष्टाचारकाबीच सरकार सञ्चालनका न्यूनतम विधि, मूल्य र मान्यतामाथि खिल्ली उडाउने गरी सकिएको आज बुधवार सामाजिक सञ्जालमार्फत नेता विष्टले बताए हुन् ।
