
दिवंगत र्याप गायक यमबुद्धको सालिक आफ्नो तलबको रकमबाट बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बताएका छन् ।
यमबुद्धको सालिक काठमाडौं महानगरपालिकाको बजेटबाट बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए ।
महानगरवासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेका हुन् ।
स्थानीय तहका पदाधिकारीले प्रदेश कानुन अनुसार सेवा सुविधा पाउने व्यवस्था छ । वागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिकाका मेयरको मासिक सुविधा ४२ हजार रूपैयाँ तोकिएको छ । यसबाहेक सञ्चार सुविधामा मेयरले मासिक ३ हजार रुपैयाँ पाउने छन् ।
यस्तै बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
