बसले किचेर चितवनको भरतपुरमा सहचालकको मृत्यु

२६ असार २०७९, आईतवार १२:११

बसले किचेर चितवनको भरतपुरमा सहचालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा गम्भीर घाइते भएका सहचालक भरतपुर–२४ का सुरज नेपालीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका जनाएका छन् ।

बस बिग्रिएपछि मर्मतका लागि भनेर सहचालक बस मुनि गएका बेला चालकले बस स्टार्ट गर्न पुगेका थिए । बस चालकले स्टार्ट गरी बस अगाडि बढाउने क्रममा बसको मुनि रहेका सुरज किचिएका थिए ।

बस चालक भरतपुर–२७ बस्ने ४२ वर्षीय राजकुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै प्रहरी तालिममा दौडको क्रममा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका प्रहरी जवान भरत बोहोराको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।