रञ्जु दर्शनाले गरिन् चुनाव लड्ने औपचारिक घोषणा

१९ असार २०७९, आईतवार ११:५८

प्रतिनिधि सभा निर्वाचनमा रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी छन् ।

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हर्षित भएको उल्लेख गरेकी छन् ।

यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि क्षेत्र नं. ५ बाट चुनाव लड्ने तयारीमा छिन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापालगायतका उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ पर्दछन् ।