बैंकको कुल निक्षेप ५० खर्ब ४ अर्ब पुग्यो

१९ असार २०७९, आईतवार १०:१३

नेपाल राष्ट्र बैंकको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप बढेको हो।

वाणिज्य बैंकहरुको मात्रै निक्षेप ४४ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ।

कर्जा तर्फ भने बैंक तथा वित्तीय संस्थाहरुले ४७ खर्ब ९ अर्ब रुपैयाँ प्रवाह गरेका छन्।

वाणिज्य बैंकहरुले ४१ खर्ब ७९ अर्ब रुपैयाँ प्रवाह गरेका हुन्।

कर्जा र निक्षेपको अनुपात अर्थात् सीडी रेसियो ८९ दशमलव ०६ प्रतिशत कायम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यस्तै अन्तर बैंक दर ७ प्रतिशत रहेको छ।