एमाले अध्यक्ष ओली दिए बिजुक्छे पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली

१७ असार २०७९, शुक्रबार ११:४०

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेर नेकपा (एमाले)का अध्यक्ष ओली  सहितका शीर्ष नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

गत साता उपचारका क्रममा नेमकिपा अध्यक्ष बिजुक्छे पत्नी शोभा प्रधानको निधन भएको थियो । एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, नेता कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

समवेदना व्यक्त गर्न अध्यक्ष ओली र नेता नेम्वाङ शनिबार र महासचिव पोखरेल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्यान्सर रोगबाट पीडित बिजुक्छे पत्नी शोभाको गत साता उपचारका क्रममा निधन भएको थियो ।