
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लोकप्रिय महानायक राजेश हमालले भेटेका छन् ।
महानायक हमालले शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । अध्यक्ष प्रचण्डलाई भेट्ने अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको सङ्गीतकार सापकोटाले बताएका छन् । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।
भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको सङ्गीतकार सापकोटाले जानकारी दिए । राजेश हमाल माओवादीमा प्रवेश गर्ने वा नगर्ने बारेमा सङ्गीतकार सापकोटाले आफूलाई केही पनि थाहा नभएको बताएका छन् ।
प्रचण्ड र राजेश हमालसँग सङ्गीतकार सापकोटा पाँच मिनेट जति मात्रै भित्र बसेर त्यसपछि बाहिर निस्किएको बताएका छन् । सङ्गीतकार सापकोटाका अनसार प्रचण्ड र राजेश हमाल १५–२० मिनेट छुट्टै बसेर वार्ता गरेकाले राजेश हमाल माओवादीमा प्रवेश गर्ने वा नगर्ने बारेमा केही पनि थाहा नभएको बताए।
