केपी ओलीलाई एकताको पहल लिन वामदेव गौतमको आग्रह

१६ असार २०७९, बिहीबार १५:५३

एमाले

अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो पार्टी अध्यक्षको हैसियतले एकताको पहल लिन नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आग्रह गरेका छन् ।

आज विहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट ओलीलाई भेट्न पुगेका गौतमले आृलीसँग यस्तो आग्रह गरेका हुन् । तत्कालिन नेकपा विभाजन भएपछि सबैभन्दा ठुलो पार्टी अध्यक्ष तपाई नै हुनुहुन्छ । तपाईले नै वाम एकता जोड्न पहल गर्नुस् त्यसपछि मात्रै माहोल बन्दै जान्छ’ गौतमको सचिवालय स्रोतले भन्यो, ‘त्यसमा केपी कमरेडले खासै प्रक्रिया दिनुभएन । बरु विगतका कुरा गरेर फर्किनुभयो ।’ गौतमको प्रस्तावलाई ओलीले महत्वका साथ नलिएको बताएको छ । तत्कालिन नेकपा फुटाउन गौतम आफै सक्रिय भएकाले पुनः एकता गराउन जानुको कुनै अर्थ नभएको ओली निकट एक नेताले बताए ।

‘तत्कालिन नेकपा फुटाउन वामदेव कमरेड नै लाग्नुभयो । उहाँ खुलेर नलागेको भए यो अवस्था हुने थिएन’ ती नेताले भने, ‘अहिले आएर नेकपा जोड्छु भनेर कहाँ हुन्छ ? यो केही उपाय नलागेका कुरा हुन् ।’ गौतमले यसरी नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर वाम तालमेलसँगै एकता गर्न आग्रह गर्ने भएका छन् ।

यस्तै एमालेकी अष्टलक्ष्मी शाक्यलाई हटाएर एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन सत्ताधारी पाँच दलबिच सहमतीहुँदा नै ६ महिनापछि कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री हुने सहमति गरिएको थियो।तर एकीकृत समाजवादी सत्ता छाड्न राजी भएन। यसबारे केन्द्रबाटै निर्णय आउनुपर्ने भन्दै उनी सहमतिबाट पछि हटे। बजेट पनि ल्याए। बजेट ल्याएपछि पनि सरकारको नेतृत्व नछाड्ने देखिएपछि अब भने कांग्रेस र माओवादी केन्द्र उनलाई राजीनामा दिन बाध्य बनाउने रणनीतिमा लागेका छन्।