प्रचण्डलेएमसीसींका सवालमा दोहोरो चरित्र देखाए: ओली

१४ असार २०७९, मंगलवार १७:४०

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीं) का सवालमा दोहोरो चरित्र देखाएकोएमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले अहिले एसपीपीका सम्बन्धमा पनि अमेरिकासँग सम्झौता गर्न सकारात्मक भइसकेको अवस्थामा जनताको दबाबमा सरकार पछि हटेको आज मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै बताए ।

अध्यक्ष ओलीले एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको टिप्पणीसमेत गरे । उनले भने, ‘यो नयाँ ड्राफ्ट हो, यो घातक छ । यस्तो ड्राफ्ट पहिला कहिल्यै आएको थिएन । जनताको दबाबपछि उहाँहरु पास गर्दैनौं भन्न बाध्य हुनुभयो ।’ राष्ट्रियताको सवाललाई मान्छेले निकै सस्तो बनाएको टिप्पणीसमेत उनले गरे । प्रचण्डको नाम नलिए पनि उनीतिरै लक्षित गर्दै ओलीले भने, ‘केपी ओलीको पालामा एसपीपी ल्याएको थियो भनेर एक जनाले पटक पटक भनिरहेका छन्, अन्तर्राष्ट्रियस्तरमा पनि ढाँटिरहेका छन् । यो भन्दा बढ्दो ढाँट कुरा, यो भन्दा बढ्दो फट्याइँ के हुन्छ ?’

ओलीले राष्ट्रियता भनेको तमासा गर्ने चिज, झुक्याउने चिज नभएको पनि बताए । ओलीले भने, ‘एमसीसी शेरबहादुर, पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो, उहाँहरुले पास गर्नुभयो । बीचमा एउटा वातावरण बिगार्नु भयो । किन प्रहरीसँग झडप गर्नु परेको थियो ? किन बाटो हिँड्ने मान्छेलाई ढुंगा हान्नुपर्‍यो ?’​

यस्तै वामदेव गौतमले यथास्थितिमा चुनाव भएमा नेपाली काँग्रेसले बहुमत ल्याउने सम्भावना औल्याएका छन् ।
उनले अहिलेको गठबन्धन कायम रहेमा काँग्रेसले पाँच वर्ष देशको शासन चलाउने गरी बहुमत या सबैभन्दा ठूलो पार्टी बन्ने बताए ।